डिपिएल तेस्रो संस्करणलाई आइसिसीको मान्यता, यही माघ २६ गते देखि प्रतियोगिता हुने
काठमाडौँ-धनगढी प्रिमियर लिग (डीपीएल) तेस्रो संस्करणको क्रिकेटलाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले मान्यता दिएको छ । आयोजक संस्था धनगढी क्रिकेट एकेडेमीले बुधबार प्रेस विज्ञप्तिमार्फत प्रतियोगितालाई आइसिसीले मान्यता दिएको हो ।
डीपीएल तेस्रो संस्करण यही माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुदैछ । एकेडेमीको विज्ञप्तिमा आइसिसीले मान्यता दिएसँगै प्रतियोगिताबारे आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई समेत जानकारी गराइसकेको उल्लेख छ । डिपिएल आयोजकले २० हजार डलर बुझाएरको र आइसिसीका सबै मापदण्डहरु पुरा गरेपछि मान्यता पाएको हो ।
देशकै सवार्धिक पुरस्कार राशीको डिपीएलको तेस्रो संस्करणमा पनि ६ टोली सहभागी छन् । डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनैतिक खेलाडी र दुई विदेशी गरि १५—१५ खेलाडी टोलीमा आवद्ध गरिसकेका छन् । टी—२० फम्र्याटको प्रतियोगितामा १९ खेल हुनेछन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE