Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

बहराइनका राजकुमार लिन विशेष जहाज काठमाण्डौ आउँदै

१७ जेठ, काठमाडौँ – सगरमाथा आरोहणको लागि नेपाल आएका बहराइनका राजकुमारसहितको टोलीलाई लिन विशेष जहाज काठमाण्डौ आउँदैछ ।

बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफासहितका सदस्यलाई लिन विशेष जहाज आज बेलुकी साढे पाँच बजे काठमाण्डौ आउने तालिका रहेको छ । टोलीलाई लिएर जहाज भोलि मात्रै फर्कनेछ ।

सगरमाथा आरोहणको लागि राजकुमारसहित १० जनाको टोली गएको चैत २ गते नेपाल आएको थियो । यो टोलीले वैशाखको २८ गते सगरमाथा आरोहण गरिसकेको छ । सगरमाथाको उचाइ बढेर आठ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि अन्तर्राष्ट्रिय आरोहीहरुको पहिलो आरोहणको रुपमा राजकुमारको टोली सगरमाथाको चुचुरोमा पुगेको हो ।

बहराइनका राजकुमार खालिफासहितको टोलीले अघिल्लो वर्ष लोबुचे र मनास्लु हिमालको पनि सफल आरोहण गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE