Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

डाक्टर गोविन्द केसीका समर्थनमा प्रदर्शन गर्ने १७ युवा पक्राउ

१० असोज
काठमाण्डौँ – माइतीघर मण्डलाबाट डाक्टर गोविन्द केसीका सर्मथकहरुलाई प्रहरीले पक्राउ गरेको छ । डाक्टर केसीका माग पूरा गराउन दबाब दिन काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका युवालाई प्रहरीले पक्राउ गरेको हो । अनशन बसेको १३ औं दिन भइसक्दा पनि सरकाले केसीका माग पूरा गराउन कुनै पहल नगरेको भन्दै युवाहरु प्रदर्शन गरेका हुन् ।

प्रहरीले १७ जना युवालाई पक्राउ गरि भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा लगेको छ । देशमा भ्रष्टाचार बढेको, कोरोना नियन्त्रणमा सरकार असफल भएको, सरकारको आलोचना गर्नेलाई विभिन्न बहानामा दुख दिने गरेको लगायत विषयमा युवाहरुले विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शन गर्नेहरुले “हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डाक्टर केसीको साथमा” “दूरदराजमा मेडिकल शिक्षा खै?” लगायत लेखिएका पोष्टर बोकेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE