Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

सिरहाबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

२८ पुष, सिरहा – सिरहाको लहान नगरपालिका–१२ पडरिया चोकबाट प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान–१२ घर भएका २२ वर्षीय प्रशान्त चौधरी, २३ वर्षीय मिथलेश चौधरी र १९ वर्षीय साजन चौधरी छन् ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले आरोपीहरुको साथबाट ५ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । बुधबार बिहान २ बजे उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डिएसपी) सुवास बुढाथोकीले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE