Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

चुनावी एजेण्डामा मात्र सितित रह्यो मझगाउँ विमानस्थाल, बजेट विनियोजन नहुदा स्थानीय आन्दोलित

सवाल सम्वाददाता
महाकाली- मझगाउँ विमानस्थाल सञ्चालनका लागि बजेट विनियोजन नगरेको भन्दै कञ्चनपुरबासी आन्दोलित भएका छन् । २०५६ सालदेखि आन्तरिक उडान भर्दै आएको मझगाउँ विमानस्थल असुरक्षाको कारण देखाउँदै सशस्त्र द्वन्द्वकालमा बन्द भएको थियो ।

विमानस्थल सुचारु गर्न बजेट विनियोजन नगरेको भन्दै शुक्रबार काञ्चनपुरबासीले कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा प्रर्दशन गरेका छन् । संघर्ष समितिको नेतृत्वमा महेन्द्रनगरको मदनचोकदेखि विरोध ¥याली सुरु गरि बजार परिक्रमा गर्दै ट्राफिक चोक हुदै पुनः मदन चोकै पुगेर समाप्त गरिएको छ ।

मझगाउँ विमानस्थल संघर्ष समितिले संघीय सरकारले बजेट नछुट्याएपछि सांकेतिक दबाब मुलक कार्यक्रम गरिएको जनाएको छ । सरकारले बजेट विनियोजन नगरी कञ्चनपुरबासीमाथि अन्याय गरेको बताउँदै संघर्षका कार्यक्रम निरन्तर सञ्चालन गरिने संघर्स समितिका संयोजक रमेश चन्दले जानकारी दिनुभयो ।

मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि यस अघि पनि पटक–पटक संघर्षका कार्यक्रम भए तर ति संघर्षका कार्यक्रम केही दिनमै रोकिएका थिए । ५२ बिघा १० कठठा १२ धुर क्षेत्रफलमा रहेको विमानस्थलमा दुई किलोमिटर धावनमार्ग हुँदा समेत कञ्चनपुरवासीले झण्डै दुई दशकदेखि धनगढी र नेपालगञ्ज विमानस्थलबाट हवाईयात्रा गरिरहनु पर्ने बाध्यता रहेको छ ।

सुदूरपश्चिममा नियमित सञ्चालनमा रहेको धनगढी विमानस्थल मात्र रहेको छ । धनगढी विमानस्थलको स्तरोन्नतीका लागि एक महिना सम्म बन्द हुँदा हवाई यात्राका लागि सुदुरपश्चिमका यात्रुहरुले नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको छ । पहाडी जिल्लामा अछामको साफेवगर विमानस्थलमा परिक्षण उडान सफल भएपनि नियमित उडानका लागि सरकारी र नीजि विमान कम्पनीहरुले चाँसो दिएका छैनन् । कञ्चनपुरको मझगाउँ विमानस्थल सुचारु भए सुदूरपश्चिमबाट हवाई यात्रा गर्न सहज हुने स्थानीय बताउछन् ।

विमानस्थल सञ्चालनका लागि चुनावी एजेण्डा बनाएका नेताले पनि कुनै वास्ता नगरेको कञ्चनपुरबासीको भनाइ छ । विमानस्थल सञ्चालनका चासो नहुँदा लामो समयदेखि गौचरणमा परिणत भएको छ ।

विमानस्थल सुचारु भए आर्थिक गतिविधिहरु स्वभाविक रुपमा बढ्ने स्थानीय बताउछन् । एशियाको दोस्रो लामो झोलुङ्गे पुल दोधारा पुल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, बेतकोट ताल, बैजनाथ धाम, लिङा क्षेत्र लगायतका पयर्टकीय गन्तव्य अपेक्षाकृत रुपमा पर्यटक भित्रिन सकेका छैनन् । यस्को मुख्य कारण नै विमानस्थल नहुँनु रहेको त्यहाँका विश्लेषकहरुको बुझाई छ ।

WRITE COMMENTS FOR THIS ARTICLE