Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

तास खेल्दै गर्दा २० जना पक्राउ

तास खेल्दै गर्दा २० जना पक्राउ

७ साउन, काठमाडौं– प्रहरीले तास खेलिरहेको अवस्थामा काठमाडौंका विभिन्न स्थानबाट २० जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं महानरगपालिका–११ भोटेबहाल बस्ने ५० वर्षीय दिनेश कुमार शेरचनको घरमा तास खेलिरहेको अवस्थामा दिनेश कुमार लगायत ६ जना पुरुष र ६ जना महिला गरी जम्मा १२ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीलाई तास खेलिरहेको भन्ने सूचना प्राप्त भएको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ९१ हजार ४ सय रुपैयाँ, २१ सेट तास, ४५ वटा क्वाईन र ३ लाख ७० हजार रुपैयाँको बिभिन्न बैंकका ५ वटा चेक सहित पक्राउ गरेको हो ।

यता, काठमाडौं महानगरपालिका–१६ नयाँबजार नयाँपुल चोकस्थित महमद नुर हुसेनको टहरामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने भारत घर भएका २४ वर्षीय महमद सुलेमान लगायत ८ जनालाई पनि बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त टहरामा तास खेलिरहेको सूचना पाएपछि खटिएको महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नगद २५ हजार ७ सय ९० रुपैयाँ र ३ गड्डी तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE