Date
शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

नेपाल सुपर लिग: धनगढी बराबरीमा रोकियो

१७ बैशाख, काठमाडौँ – नेपाल सुपर लिग ९एनएसएल० फुटबलमा धनगढी एफसीले ललितपुर सिटी एफसीसँग अंक बाँडेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा ललितपुरसँग १–१ गोलको बराबरीमा रोकिएपछि धनगढीले अंक बाँडेको हो।

बिहीबारको नतिजाले धनगढीले शीर्ष स्थानमा उक्लिने अवसरसमेत खेर फाल्यो। विदेशी खेलाडी ओलावाले आफिजले गरेको गोलको अग्रता ललितपुरका रञ्जन विष्टले बराबरीमा ल्याएपछि निकै रोमाञ्चक बनेको बिहीबारको खेल बराबरीमै सकिएको हो।

खेल अवधिमा २५ सट प्रहार गर्दा १० सट अनटार्गेट हानेको ललितपुर पनि १३ सटमा ८ अनटार्गेट प्रहार गरेको धनगढीविरुद्ध बराबरी गोल मात्र फर्काउन सक्षम बन्यो। खेलमा प्रायः समय ललितपुरले पकड जमाउँदा १ अफसाइड गोल र  प्राप्त पेनाल्टीको एउटा अवसरसमेत खेर फाल्यो।

६० औं मिनेटमा धनगढीका मार्की खेलाडी विशाल राइले फ्रि–किक प्रहार गरे पनि गोल गर्न सकेनन्। ६६ औं मिनेटमा बुद्धबल तामाङको सशक्त प्रहार पोस्टको बारभन्दा केही माथिबाट बाहिरिएपछि धनगढी गोलको दोस्रो राम्रो अवसरबाट बञ्चित भयो।  खेलको ७२ औं मिनेटमा ओलावाले आफिजले गोल गर्दै धनगढीलाई १–० को अग्रता दिलाए। तर, खेलको ७९ औं मिनेटमा अञ्जन विष्टले गोल गर्दै ललितपुरलाई १–१ गोलको बराबरीमा ल्याए।

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: