Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

हतारमा पुरानो मितिमा राजपत्र छापेर सरकारले फेरि किर्ते गर्‍यो : योगेश भट्टराई

९ माघ
काठमाडौँ –
कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले सरकारले हतार हतारमा पुरानो मितिमा राजपत्र छापेर ल्याएर किर्ते काम गरेको आरोप लगाएका छन् ।

शुक्रवार ट्वीटरमा एक ट्वीट गर्दै नेता भट्टराईले सरकारले संविधानको कुनै धारा उल्लेख नगरी विघटनको चिठि गएको र अदालतमा प्रश्न उठेपछि चिठी गायब पारिएको समेत बताएका छन् ।

उनले अदालतमा प्रश्न उठेपछि सरकारले किर्ते गरेर पूरानो मितिमा सो सूचना राजपत्रमा छापिएको बताएका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE