महिला टोली दोस्रो स्थान बोकी स्वदेश फिर्ता
काठमाडौं –एएफसी यु–१९ च्याम्पीयनसिप छनोटमा दोस्रो स्थान हासिल गरेर नेपाली टोली सोमबार साँझ काठमाडौँ आइपुगेको छ । थाइलेन्डमा भएको पहिलो सहभागितामै दोस्रो चरणको सिडी चढेको नेपालले समूहका तीन खेलमध्ये दुई जित र एक हारको नतिजा निकालेको थियो ।
अन्तिम खेलमा पाकिस्तानलाईृ ९–० को फराकिलो अन्तरमा हराएको नेपालले छिमेकी भारतमाथि २–० को जित निकालेको थियो । आयोजक थाइल्यान्डसँग भने नेपाली टोली ३–० को नतिजामा समेटीएको थियो ।
नेपालले अब अप्रिलमा थाइल्याण्डमा दोस्रो चरणको खेल खेल्नेछ । २७ राष्ट्र सहभागि छनोटबाट ८ टोली दोस्रो चरणका लागि छनोट भएका छन् । पहिलो चरणको छनोटअन्तर्गत सबै ६ समूहबाट विजेता तथा उत्कृष्ट दुई उपविजेता दोस्रो चरणको छनोटलाई छानिने प्रावधानअनुसार समुह ‘ए’ बाट अष्ट्रेलिया, ‘सी’ बाट उज्वेकिस्तान, ‘डी’ बाट दक्षिण कोरिया, ‘इ’ बाट भियतनाम तथा ‘एफ’बाट इरान सोझै छानिए । समूह ‘बी’ को विजेता थाइल्यान्डले अन्तिम चरणको आयोजक भएका नाताले दोस्रो चरण खेल्नु नपर्दा उपविजेता भए पनि नेपाल छनोट भयो । यसैगरी उत्कृष्ट उपविजेताका रुपमा समूह ‘ए’ बाट लेबनान तथा समूह ‘एफ’ बाट म्यानमार छनोट भए ।
दोस्रो चरणको छनोट प्रतियोगिता अप्रिल २२ देखी थाइल्याण्डमै हुनेछ । जसमा पहिलो चरणबाट छानिएका ८ टोलीले दुई समुहमा बिभाजित भएर एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । दुवै समूहका शीर्ष दुई/दुई टोली अन्तिम चरणलाई छानिनेछन् । आठ टोलीको सहभागितामा हुने अन्तिम चरणका लागि थाइल्यान्डले आयोजक तथा गतवर्ष सम्पन्न पछिल्लो संस्करणको शीर्ष तीन स्थानमा रहने जापान, उत्तर कोरिया र चिन पनि स्वत छनोट भएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE