Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

सिरहाको माड़र भन्सारमा विषादी परीक्षण बिनै तरकारी तस्करी, प्रहरी प्रसाशन तथा ट्राफिक प्रहरीको लापरबाहीले उब्जायो गम्भीर प्रश्न

सिरहा, मंसिर १६ गते। सिरहा जिल्लाको माड़र भन्सार कार्यालयमा विषादी परीक्षण बिनै भारतबाट आलु, प्याज तथा हरियो तरकारी तस्करी भइरहेको खुलासा भएको छ। कृषि क्वारेन्टाइन नहुँदा भन्सार कार्यालयका कर्मचारीको मिलोमतोमा नियम विपरीत तरिकाले तरकारी भित्र्याउने कार्यले मानव स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको सरोकारवालाहरुले बताएका छन्।

भन्सार कार्यालयका प्रमुख तोयानाथ सापकोटाले घर प्रयोजनको नाममा भन्सार काटेर सामान पठाउने गरेको स्वीकार गरेका छन्, तर यसले भन्सार प्रक्रियाको दुरुपयोग र नियमनको अभाव देखाएको छ।

त्यसैगरी, सिरहा प्रहरी प्रसाशन तथा ट्राफिक प्रहरीले समेत महिनाबारी बुझेर मोटरसाइकलमा ओभरलोड तरकारी ओसारपसार गर्ने सवारीसाधनमाथि कुनै कारबाही नगरेको स्थानीयको गुनासो छ। यात्रु तथा सर्वसाधारणलाई अनावश्यक रोकतोक गर्ने तर तरकारी बोक्ने सवारीसाधनलाई बेवास्ता गर्ने प्रवृत्तिले ट्राफिक व्यवस्थापन र कानुनको कार्यान्वयनमा गम्भीर प्रश्न खडा गरेको छ।

सार्वजनिक हितमा यस्ता गतिविधिहरूको प्रभावकारी अनुसन्धान र कारबाही आवश्यक छ। स्वास्थ्य, सुरक्षा र कानुनी प्रक्रियाको प्रभावकारी कार्यान्वयनले मात्रै यस्तो लापरबाहीको अन्त्य सम्भव छ।

WRITE COMMENTS FOR THIS ARTICLE