नलगाड डिपीआर ६ वर्षसम्म तयार भएन
काठमाडौं – ३१ महिनाभित्र डिपीआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिए पनि वर्ष बित्दासम्म काम पूरा हुन सकेको छैन।
सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डिपीआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत् कम्पनी, अस्ट्रेलियाको स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक), एमडब्लुएच र नेपालको उदय जेभीबीच सम्झौता भएको थियो।
पटकपटक म्याद थप्दा पनि डिपीआरको काम पूरा नभएपछि जाजरकोटका स्थानीय बासिन्दा आक्रोशित भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।
विद्युत् उत्पादनगृहमा माटो जाँचका लागि खनिएको सुरुङको काम बीचबीचमा छोड्दै निर्माण गर्दा ढिला भइरहेको छ। अब ३ सय ५५ मिटर सुरुङमध्ये अहिलेसम्म ३ सय ५२ मिटर मात्र खनेको र बाँकी एक हप्ताभित्र पूरा हुने नलगाड जलविद्युत् आयोजनाका इन्जिनियर पदम थापाले बताए।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE