Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बईलाई दियो १६५ रनको लक्ष्य

१२ कात्तिक
काठमाडौँ
– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इण्डियन्सलाई १६५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाउदै १६४ रन बनाएको हो ।

बैंगलोरका लागि देवदत्त पाडिकलले सर्बाधिक ७४ रन बनाए । उनले ४५ बलमा १२ चौका र एक छक्का प्रहार गर्दै ७४ रन बनाएर आउट भएका थिए ।
त्यस्तै जोश फिलिपले ३३ रन बनाए भने एबी डिभिलीयर्सले १५, कप्तान विराट कोहलीले ८ रन बनाए ।

त्यस्तै शिभम दुबेले २, क्रिस मोरसीले ४ रन, गुरक्रीरात सिंहले अविजित १४ र वाशिंटन सुन्दरले अविजित १० रन बनाए । मुम्बईका बलर जसप्रित बुमराहले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट, केरन पोलार्ड र राहुल चहरले एक एक विकेट लिए ।

जारी आइपिएलमा बैंगलोर र मुम्बई दुवैले ७(७ खेल जितेका छन् भने ४(४ खेलमा हार बेहोरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE