काठमाडौं उपत्यकामा ६ सय ९६ संक्रमित थपिए
२६ भाद्र
काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ९६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ९६ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र ६ सय २० संक्रमित थपिएका छन् भने ललितपुरमा ३८ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ३८ जना संक्रमित देखिएका छन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १० हजार ७ सय १० पुगेको छ । यसमध्ये काठमाडौमा ८ हजार ७ सय २८, ललितपुरमा १ हजार ९१ जना र भक्तपुरमा ८ सय ९१ जना छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE