एक महिनामा प्रहरीले किन्यो १४ करोडको ३० वटा कारकेड मोटरसाइकल
काठमाडौं – माघ महिनामा प्रहरीले कारकेड मोटरसाइकल खरिदका लागि राज्यकोषबाट १३ करोड ९९ हजार ९९९ रुपैया खर्च भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। प्रहरीका ३० वटा कारकेड मोटरसाइकल खरिदका लागि त्यति धेरै रकम निकासा भएको ।
अर्थ मन्त्रलायकाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई भैपरी आउने साधारण प्रशासन शीर्षकमा ७७ लाख रुपैया उपलब्ध गराएको छ। त्यस्तै संघीय संसद् सचिवालयका ४४ थान कम्प्यूटर र २२ थान प्रिन्टर खरिद गर्न ३९ लाख ६० हजार रकमान्तर गरिएको अर्थ मन्त्रलायले जनाएको छ। यो खबर आजको राजधानी दैनिकमा छ
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE