संविधानको व्यवस्था कार्यान्वयन गर्न नागरिकता विधेयक अध्यादेशमार्फत ल्याएको महान्यायाधिवक्ता कार्यालयको दाबी
संविधानको व्यवस्था कार्यान्वयन गर्न नागरिकता विधेयक अध्यादेशमार्फत ल्याएको महान्यायाधिवक्ता कार्यालयको दाबी
१० जेठ, काठमाडौं– अध्यदेशमार्फत आएको नागरिकता विधेयक संविधानसम्मत नै रहेको महान्यायाधिवक्ताको कार्यालयले दाबी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी भएको ‘नागरिकता संशोधन (पहिलो संशोधन), २०७८’ जारी गरिएको थियो ।
अध्यादेशमार्फत आएको उक्त विधेयकको चर्को आलोचना सुरु भएपछि आज महान्यायाधिवक्ताको कार्यालयले पत्रकार सम्मेलन गर्दै अध्यादेशमार्फत आएको विधेयक संविधानसम्मत रहेको दाबी गरेको छ ।
अध्यादेशमार्फत जारी विधेयकमा नेपालको नागरिक आमाबाट जन्म भई नेपालमा नै बसोबास गरेका र बाबुको पहिचान नभएको स्वघोषणा गरेका व्यक्तिले आमाका नामबाट नागरिकता लिन सक्ने व्यवस्था गरिएको छ । विधेयकअनुसार जन्मसिद्ध नागरिकका छोराछोरीले वंशजको आधारमा नागरिकता पाउनेछन् ।
तर, सत्ता टिकाउनका लागि प्रधानमन्त्रीले अध्यादेशमार्फत नागरिकता जस्तो संवेदनशील विषयलाई अस्त्र बनाएको भन्दै सर्वत्र आलोचना हुन थालेपछि महान्यायाधिवक्ता कार्यालयले स्पष्टिकरण दिएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE