Date
शुक्र, माघ २०, २०७९
Fri, February 3, 2023

अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड नाघ्यो

२२ कात्तिक
काठमाडौँ
– संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणको ग्राफ झनै बढिरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक दैनिक संक्रमित संख्या पुष्टि भएको छ ।

शुक्रबार अमेरिकामा १ लाख ३२ हजार ५४० नयाँ संक्रमित फेला परेका छन् । यो एकै दिनमा संक्रमित पुष्टि हुने अमेरिकाभरिकै मात्र नभएर अन्य कुनै पनि देशमा भन्दा हालसम्मकै धेरै हो । यससँगै त्यहाँ कुल संक्रमितको संख्या १ करोड नाघेको छ ।

शनिबार बिहानसम्म अमेरिकामा कुल संक्रमित संख्या १ करोड ५८ हजार ५८६ पुगेको छ । तर त्यहाँ सक्रिय संक्रमित भने ३४ लाख २५ हजार १४८ मात्र रहेको छ । बाँकी ६३ लाख ९१ हजार २०८ जना संक्रमणमुक्त भइसकेका छन् भने २ लाख ४२ हजार २३० संक्रमितको ज्यान गइसकेको छ । शुक्रबार मात्रै अमेरिकामा १ हजार २४८ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकाको टेक्सास राज्यमा सर्वाधिक १० लाख ७ हजारभन्दा बढी संक्रमित पुष्टि भएका छन् भने संक्रमणका कारण सर्वाधिक मृत्यु हुनेमा न्यूयोर्क राज्य रहेको छ । न्यूयोर्कमा कोरोनाबाट ३३ हजार ७८६ जनाले ज्यान गुमाइसकेका छन्, भने त्यहाँ संक्रमित संख्या ५ लाख ५८ हजार रहेको छ ।

पछिल्लो समय फ्रान्समा नि तीव्र रुपले संक्रमण बढिरहेको छ । त्यहाँ शुक्रबार एकै दिन दोस्रो धेरै संख्या ६० हजार ४८६ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ शुक्रबार ८२८ जना संक्रमितको ज्यान गएको छ । त्यसपछि भारतमा ४९ हजार ८५१ जना संक्रमित थपिएका छन् भने त्यहाँ थप ५७६ जनाले ज्यान गुमाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE