भिम रावल आज धनगढी जाँदै
२९ भदौ, काठमाडौँ – नेकपा एमाले भित्र सुदूरपश्चिम ईन्चार्जबारे विवाद चलिरहेका बेला उपाध्यक्ष भीम रावल कार्यकर्ता भेटघाटका लागि आज धनगढी जानुहुने भएकोछ । अहिले मध्यान्न १२ बजे श्रीएयरको विमानमार्फत रावल धनगढी जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ । आइतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनपछि पनि सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट नै भएको बताउनुभएकोथियो । एमाले र तत्कालिन समयमा नेकपाको इञ्चार्ज रहेका रावलले ओलीको उक्त निर्णयमा असन्तुष्टी जनाउँनुहुँदै आइतबार नै आफू निकट सांसद र नेताहरुलाई सिंहदरबारमा बोलाएर छलफल गराउनुभएको थियो ।
ओलीले उहाँलाई उपाध्यक्षकै हैसियतमा सहजिकरण गर्न भने पनि सुदूरपश्चिम इञ्चार्ज आफू नै हुनुपर्ने रावलको अडान छ। उपाध्यक्ष रावलले धनगढीमा एकीकृत समाजवादीका नेता–कार्यकर्तासंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतको दाबी छ । हाल लेखराज भट्ट पनि धनगढी मै रहेको जनाइएकोछ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE