भारत र इंग्ल्यान्ड खेल्दै
१५ चैत
काठमाडौँ – घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्ध एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेल आज (आइतबार) खेल्दै छ।
टेष्ट क्रिकेट र टि–२० क्रिकेट सिरिजको शृंखला जितिसकेको भारत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज पनि जित्ने दाउमा छ। तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा भारत र इंग्ल्यान्डले १–१ को बराबरी खेलेका छन्। आज हुने अन्तिम खेलमा दुबै टिम खेल जिल्दै सिरिज आफ्नो पक्षमा पार्ने दाउमा हुनेछन्।
पहिलो खेलमा भारतले इंग्ल्यान्डलाई ६६ रनले हराएको थियो। तर दोस्रो खेलमा भने इंग्ल्यान्डले भारतलाई ६ विकेटले पराजित गर्न सफल भयो। महाराष्ट्र क्रिकेट एसोसिएसन रंगशालामा हुने दिउँसो १ः४५ बजे इंग्ल्यान्ड र भारतबीचको खेल सुरु हुँदै छ।
विश्वकप विजेता इंग्ल्यान्ड एकदिवसीय क्रिकेट सिरिज जित्दै आफ्नो शाख जोगाउन चाहन्छ। तर भारत भने एकदिवसीय सिरिज पनि जित्दै तीन वटै फम्र्याटको शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ।
यसअघि भारतले पाँच खेलको टि–२० क्रिकेट सिरिज ३–२ ले जितेको थियो। त्यस्तै, चार खेलको टेष्ट क्रिकेट सिरिज पनि भारतले ३–१ ले जितेको थियो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE