Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

८ साउन, काठमाडौँ – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दैछन् ।

प्रदेशमा ११ मन्त्रालयमध्ये माओवादी केन्द्रको भागमा परेका ४ मन्त्रालयको टुंगो लागेको छ ।माओवादीको भागमा परेको अर्थ मन्त्रालयमा रामजी बराल जीवन, कृषिमा चन्द्रबहादुर बुढा र वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयमा दीपक चर्तीमगर जाने गरी सहमति जुटेको छ ।

माओवादीबाट यसअघि मधु अधिकारी गुरुङ स्वाथ्य तथा जनसंख्या मन्त्री बनिसकेकी छन् । जिल्लागत रूपमा बराल कास्की, चन्द्रबहादुर बागलुङ, दीपक स्याङ्जा र मधुमाया लमजुङकी हुन् ।

सत्तारुढ नेपाली कांग्रेससँग बिहीवार मन्त्रालय भागवण्डामा सहमति जुटेपछि माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री चयन गरेको छ । कांग्रेसले भने आफ्नो भागमा परेका मन्त्रीहरूको नाम टुंगाउन सकेको छैन । त्यसका लागि अन्तिम तयारी हुँदै गरेको जनाइएको छ । ५ मन्त्रालय पाउने कांग्रेसले मन्त्रीको नाम टुंग्याउन बिहीवार समेत बैठक बसेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE