लगातारकाे बर्षाका कारणा देशका केहि प्रमुख विमानस्थल अझै बन्द, केहि भने सञ्चालनमा
विमानस्थल र एयर वेजहरु खुल्ले वित्तिकै सञ्चालन हुन्छन्
काठमाडाैँ-लागातारको बर्षाका कारण देशभरका अधिकांस विमानस्थल बन्द भएका छन्ु । प्रतिकूल मौसमका कारण पोखरालयायत देशका प्रमुख ५ विमानस्थलमा उडान तथा अवतरण बन्द गरिएको छ ।
निरन्तरको बर्षाका कारण आज विहान धनगढी, नेपालगंज, भैरहवामा मात्र आवागमन सुचारु थिए भने देशभरिका अन्य सबै विमानस्थल बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताव बाबु तिवारीले सवाल मिटियालाई जनाकारी दिनुभायो । उहाँले मौसममा केही सुधार देखिएको र भिजिविलिटी हाई देखिएकोले केहि विमानस्थलहरु अहिले सञ्चालनमा ल्याएको बताउनु भयो ।

प्रवक्ता तिवारीका अनुसार अहिले भरतपुर, पोखरा, सिमरा, तुम्लिङटार, र चन्द्रगढी विमानस्थलमा बाहेक अन्य विमानस्थल सञ्चालनमा रहेका छन् । यी विमानस्थलहरु कहिले सञ्चालनमा आउछन् भन्ने प्रश्नमा उहाँले भन्नु भयो “यतिनै खेर भन्ने चाहिँ हुदैन तर मौसममा सुधार आयो भने र विमानस्थल र एयर वेजहरु खुल्ले वित्तिकै सञ्चालन हुन्छन्” । विमान ल्यान्डिङ र टेकअप गर्न पानी नपरेर मात्र हुदैन भिजिविलिटी पनी हाइ हुनुपर्छ ।
मौसम खराबीका कारण आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडानमा भने केही समस्या नरहेको प्रवक्ता तिवारीले जानकारी दिनुभयो । त्रिभुव अन्तर्राट्रिय विमानस्थल भने अहिले सम्म सामान्यरुपमा नै सञ्चालनमा रहेको बताउनु भयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE