मधेस प्रदेशमा पनि मन्त्री हटाउने तयारी
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार जना मन्त्रीलाई बर्खास्त गरेपछि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा रहेका कांंग्रेस, माओवादी र एकीकृत समाजवादीका मन्त्री हटाउने तयारी गर्नुभएको छ ।
सत्ता गठबन्धनमा रहेको जसपाले चुनावमा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले जसपाका चार मन्त्रीलाई हिजो हटाउनुभएको थियो । त्यसको जवाफमा मधेस सरकारमा सहभागी कांग्रेस, माओवादी र एकीकृत समाजवादीका मन्त्री हटाउन लागिएको हो ।
मुख्यमन्त्री राउतले ती दलबाट सरकारमा सहभागी मन्त्रीहरूलाई राजीनामा दिन भन्नुभएको छ । राजीनामा नदिए उनीहरूलाई हटाउने उहाँको तयारी छ । मधेस सरकारको नेतृत्व जसपाले गर्दै आएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE