दोरम्बा गाउँपालिकाद्वारा ३१० जना विद्यार्थीलाई निःशुल्क ट्रयाक सुट वितरण
- सिंहराज योञ्जन
३ माघ, रामेछाप- दोरम्बा गाउँपालिकाद्वारा बिनियोजित बजेटले सामुदायिक विद्यालय विद्यार्थीहरुलाई निशुल्क ट्याक्सुट बितरण गरिएको छ । कार्यक्रम अन्तर्गत ३ सय १० थान ट्रयाक सुट विद्यार्थीहरुलाई वितरण गरिएको छ ।
दोरम्बा गाउँपालिकाको न्यायिक आयोजनामा सडक नाटक चुरो कुरो ,काकलिङ मा वि दोरम्बामा, दोरम्बा गाउँपालिकाका अध्यक्ष श्री कमानसिङ मोक्तानको प्रमुख आतिथ्यतामा ट्रयाकसुट वितरण गरिएको हो ।

दोरम्बा गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका प्रत्येक बिद्यालयलाई निशुल्क ट्रयाक सुट बितण गर्दै आइरहेका छ्न।
साथै ग्रामिण भेगको सबैलाइ चेतना मुलक कार्यक्रमका लागि ,चुरो कुरो नामक नाटक प्रदर्शन पनि गरिएको छ । नाटकको संयोजक उदय रजान मगरका अनुसार स्थानीयमा जनचेतानो अभिवृद्धि गर्ने उद्देश्यले नाटक प्रदर्शन गरिएको हो ।

पालिका भित्र रहेको ७ वटा मावि र एक आधार भुत विद्यालयमा चुरो कुरो नाटक सम्पन्न भएको बताउनु भएको छ। साथै सेवा निबृत्त हुनु भएको काकलिङ मा बि को शिक्षक मविन थिङ तामाङको बिदाइ तथा शिक्षिका पवित्रा गोलेलाई स्वागत गरेका छन् ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE