Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

प्रचण्ड–नेपालसहित १७३ सांसदलाई ओलीको निम्ता

२१ फागुन
काठमाडौं –
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले संसदीय दलको बैठक डाकेको छ ।  सरकारले फागुन २३ गतेका लागि संसद् बैठक आह्वान गरेको छ । नेकपामा चर्किएको आन्तरिक शक्ति र सत्ता सङ्घर्षपछि नेकपा दाहाल–नेपाल समूहले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दलको नेता चयन गरिसकेको छ । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले दलका सम्पूर्ण सदस्यलाई बैठकको सूचना पठाइएको सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।

उनले फागुन २२ गते दिउँसो ३ बजेका लागि दलको बैठक राखिएको जानकारी दिइन् । बैठकका लागि पहिलेदेखि नै एसएमएसमार्फत जानकारी गराइने प्रचलन रहेकाले १७३ सांसदलाई एसएमएसमार्फत दलको बैठकसम्बन्धी सूचना पठाइएको गोरखापत्रमा खबर छ ।

WRITE COMMENTS FOR THIS ARTICLE