Date
बुध, चैत्र १४, २०८०
Wed, March 27, 2024

समीक्षा अधिकारी भनिन्, पल र मबीच कुनै प्रकारको अनैतिक सम्बन्ध छैन

७ कार्तिक, काठमाडौं – गायिका समीक्षा अधिकारीले नायक पल शाहसँगको सम्बन्धबारे मिडियाहरुमा चर्चा आएपछि स्पष्टिकरण लेखेकी छन् ।

उनले मिडियामा चर्चा भएजस्तो पलसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै स्पष्टिकरण दिएकी हुन् ।

‘पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्युसङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरु आएका छन् । यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेकी छन्, ‘समाचारमा मेरो र पल जिको सम्बन्धलाई तोड मोड गरेर तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन् । जसले मेरो चरित्र हत्या भएको छ। यसका साथ साथै पल जीको क्यारिअरमाथि आँच आउने किसिमले सस्तो प्रचारबाजि भइरहेको छ । यस्तो नगर्नुहुन अनुरोध गर्दछु।’

त्यस्तैगरी उनले आफू र पलबीचको सम्बन्धबारे आएका टिका टिप्पणीलाई विना श्रोत अफवाह फैल्याउने लेखिएको समाचार भएको बताएकी छन् । यस्ता समाचारले पल र आफू दुवैलाई सामाजिक र चारित्रिक रुपले निकै ठूलो असर पर्ने उनले बताएकी छन् ।

उनले यस समाचारहरुले पुर्याएको असरप्रति परिवार र आफूले खेद प्रकट गरेको पनि बताएकी छन् । उनले भनेकी छन्, यस्ता समाचार र यस्ता कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौँ।’

WRITE COMMENTS FOR THIS ARTICLE