Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नातिनीको हत्या अभियोगमा हजुरबुबा हजुर आमा पक्राउ

काठमाडाैँ – आफ्नै नातिनीको हत्या अभियोगमा हजुरबुबा र हजुरआमा पक्राउ परेका छन् ।  कञ्चनपुरमा बुधबार हजुरबुबा र हजुरआमालाई नातिनीलाई विष खुवाएर मारेको आरोपमा पक्राउ गरिएको हो। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई मारेको आरोपमा प्रहरी कार्यालय झलारीले मृतकका हजुरबुबा र हजुरआमालाई पक्राउ गरेको हो ।

मृत बालिकाकी आमा ज्योति डगौराले दिएको किटानी जाहेरीका आधारमा ४३ वर्षीया रेशमी डगौरा र ६० वर्षीय भर्थरी डगौरालाई पक्राउ गरिएको हो । मृत बालिकाकी हजुरआमाले नातिनीसँग रिस उठेपछि तरकारीमा हाल्ने बिषादी भातमा हालेर खुवाएको भन्दै आफूबाट गम्भीर गल्ती भएको प्रहरीलाई बयान दिएकी छन् ।

दुुवैमाथि ज्यानसम्बन्धी कसुरमा अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धानको सुरु गरेको छ । बालिकाको रगत परिक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE