३५ घण्टापछि रोङ्सीमा जमेको ताल खुल्यो
३५ घण्टापछि रोङ्सीमा जमेको ताल खुल्यो
६ असार काठमाडौं– ३५ घण्टासम्म थुनिएको तामाकोसीको सहायक रोङ्सी खोला खुलेको छ ।
चिनियाँ पक्षले रोङ्सीमा जमेको ताल खुलाएर पानीको निकास दिएको हो ।
सावधानी अपनाएर रोङ्सी खोलाको तालमा जमेको पानीलाई निकास दिएको चिनियाँ पक्षले जनाएको छ ।
चिनियाँ पक्षले पानीलाई निकास दिएपछि अवस्था सहज बनेको प्रमुख जिल्ला अधिकारी दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । ‘चिनियाँ पक्षले तालबाट सुरक्षित रुपमा पानीलाई निकास दिएका छन् । तत्कालका लागि तामाकोसी तटीय क्षेत्रमा संकट टरेको छ’ घिमिरेले भने ।
रोङसीको निकासपछि तामाकोसी बहावमा केही उतारचढाव आएको छ ।
रोङ्सी खोलामा शुक्रबार राति चीनको तीङग्री काउन्टी नजिकैको पहिरोले तामाकोसीको सहायक रोङसी खोला थुनिएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE