एक सैनिक विमान दुर्घटना सातजनाको मृत्यु
१० फागुन
काठमाडौं – नाइजेरियामा एक सैनिक विमान दुर्घटनामा परेको छ । एयरपोर्टबाट उडान भरेको केही बेरमै दुर्घटनामा परेको हो । एयरपोर्टमा उपस्थित सयौँ यात्रुको सामु उक्त विमान झरेर नस्ट भएको थियो । यो दुर्घटनामा जहाजमा सवार सातजना यात्रु पनि मृत्यु भएका छन ।
रिपोर्ट अनुसार इन्जिन फेल भएपछि विमानमा विस्फोट भएको थियो। त्यसपछि आबुजा एयरपोर्ट नजिकै खसेको जहाजमा आगो लागेको थियो। जहाजमा सवार सैन्य अधिकारीहरु एउटा उद्धार मिसनमा जाँदै थिए।
इन्जिनमा आगो लागेपछि विमानले आपत्कालीन अवतरणको कोसिस गरेको थियो। तर सफलता मिलेन। एयरपोर्टका एक कर्मचारीका अनुसार हेर्दा हेर्दै जमिनमा बजारिएको जहाज केही बेरमै खरानी भयो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE