Date
आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

नेपालगञ्जका प्रत्येक घरधुरीमा खानेपानी पुर्याइँदै

१९ फागुन
काठमाडौँ – 
नेपाल खानेपानी संस्थानले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका ग्रामीण बस्तीसम्म खानेपानी पुर्याउने योजना अगाडि सारेको छ । उपमहानगरपालिकामा जोडिन आएका साविकका गाविसमा पानी ट्याङ्की निर्माण, डिपबोरिङ जडान र पाइपलाइन विस्तार गरी खानेपानीको व्यवस्था पुर्याउन लागिएको नेपाल खानेपानी संस्थान नेपालगञ्ज कार्यालयका सूचना अधिकारी बुद्धिप्रकाश केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगञ्जमा जोडिन आएका कारकाँदो, परसपुर, उदयपुरलगायतका क्षेत्रमा खानेपानी संस्थानले सेवा विस्तार गरिसकेको छ । खानेपानीको चरम समस्या हुँदै आएको वडा नंं १९ वसुदेवपुरमा पनि जनताको घरघरमा खानेपानी पु¥याउने गरी योजना शुरु गरिएको छ ।

वसुदेवपुरको आलानगरमा वडा कार्यालय, उपमहानगरपालिका, स्थानीय साम्ुदायिक वन उपभोक्ता समिति र नेपाली सेनाको सहमतिमा पानी ट्याङ्की निर्माणका लागि करीब दुई कठ्ठा जमीन दिने सहमति भएसँगै योजना कार्यान्वयनको प्रक्रिया अघि बढेको खानेपानी संस्थानका सब–इञ्जिनीयर भुपाल भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार २५० मिटर गहिराइमा डिपबोरिङ जडान गरी ४५० घनमिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गर्ने योजना रहेको छ । वडा नं १९ का करीब ५०० घरधुरीमा पुग्नेगरी दैनिक १० लाख लिटर पानी उत्पादन गरिनेछ । आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तमा सम्पन्न हुने सो योजनाको एक महीनाभित्र डिपबोरिङ, पाइपलाइन र ट्याङ्की निर्माणका लागि माटो परीक्षणका लागि टेण्डर हुने भण्डारीले बताउनुभयो ।

ग्रामीण क्षेत्रसम्म जनतालाई घरघरमा खानेपानी सेवा पु¥याउन लागि परे पनि खानेपानी संस्थानले नेपालगञ्जको मुख्य बजार क्षेत्रमा भने जनतालाई आकर्षित गर्न सकेको छैन । संस्थानबाट नेपालगञ्जमा अहिले ४० लाख लिटर पानी प्रतिदिन उपयोग भइरहेको छ । नेपालगञ्जमा पाँच हजार घरधुरीले मात्र संस्थानबाट खानेपानीको सेवा लिइरहेका छन् ।

वडा नं १९ का वडाध्यक्ष परसराम कुर्मीले हाल वडावासीले जोखिमयुक्त पानीबाट गुजारा गरिरहेको जानकारी दिँदै बृहत् खानेपानी योजना सञ्चालन भएपछि स्वस्थ पानीको सुनिश्चितता हुने विश्वास व्यक्त गर्नुभयो । नेपालगञ्जका अधिकांश स्थानमा ३० फिटसम्मको गहिराइबाट निकालिएको पानी जनताले पिइरहेका छन् । हाते पम्पबाट अधिकांश ठाउँमा जनताले पानीको उयोग गरिरहेको उहाँको भनाइ छ ।

भूमिगत जलस्रोतबाट खानेपानीको आपूर्ति गर्दै आएका नेपालगञ्जवासीका लागि दीर्घकालीन आपूर्ति व्यवस्थापन गर्न राप्ती नदी किनारमा इन्टेक बनाएर १६ किलोमिटर मुख्य पाइप लाइनबाट ल्याइ पु¥याउने योजना छ । राप्ती नदीबाट पानी नेपालगञ्जसम्म २० इञ्च पाइपबाट राप्तीपथ हुँदै खानेपानी मेनलाइन बिस्तार गर्ने योजना छ । सो नदीबाट ल्याइने पानी नेपालगञ्जमा रहेका खानेपानीका ट्याङ्कीमा पु¥याइने र त्यसैमार्फत वितरण गर्ने योजना रहेको थियो । उक्त योजना सम्पन्न भएपछि दैनिक दुई करोड लिटर पानी सहज उपलब्ध हुनसक्ने विश्वास गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE