एमाले जिल्ला सदस्य सहित दर्जनौँ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश
११ चैत्र, ओखलढुंगा – सरकारले स्थानीय निकायको चुनाव बैशाख ३० गते तोकेसँगै विभिन्न पार्टी परित्याग गरि अन्य पार्टीमा प्रबेश गर्नेको संख्या पनि बाक्लिँदै गएको छ। विभिन्न समयमा पार्टी प्रबेश गरि अघिल्लो स्थानिय चुनावमा अग्रपंक्तिमा खटिएका स्थानिय नेता कार्यकर्ता समेत उक्त पार्टी परित्याग गरि अन्य पार्टीमा प्रबेश गरिरहँदा राजनैतिक पार्टीहरुको आन्तरिक किचलो तथा असमझदारी प्रस्ट झल्किन्छ।
यसैगरी ओखलढुंगा जिल्लामा पनि एक कार्यक्रमका बिच नेकपा एमालेका जिल्ला सदस्य सिताराम दाहाल सहित सिद्धिचरण न।पा।वडा नं(३ का दर्जनौँ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका छन।दाहाल केही महिना अघि मात्र नेकपा एमालेको जिल्ला सदस्यमा लोकप्रिय मतका साथ बिजयी भएका थिए।दाहालसँगै पार्टी प्रवेश गर्ने अधिकांश नेकपा एमालेका पुराना कार्यकर्ता,युवाहरु तथा महिलाहरु रहेका छन।
सिंगो वडा नै नेपाली कांग्रेसको पकडमा रहँदा एक्लो सतिसालझैँ नेकपा एमालेको पहरेदारी गरेका दाहाल त्यतिका जनमानस सहित कांग्रेस प्रबेश गर्नुले नेकपा एमाले ओखलढुंगामा राजनीतिक तरंग पैदा भएको छ।कार्यक्रममा बोल्दै दाहालले ूबिगत २०४६ सालदेखी २०६४ सालसम्म नेपाली कांग्रेसमा रहेर केही समय अल्मलिएपनि अब आफ्नै पुरानो घर फर्केकोले यतिका समय हराएकोमा दुख नमान्न तथा नरिसाउन आग्रह गर्दै पार्टी र लोकतान्त्रीक पद्धतिको रक्षाका निम्ति भरमजबुर प्रयास गर्नेछु।ूकार्यक्रममा नेपाली कांग्रेस ओखलढुंगाका पार्टी सभापति तेजेन्द्र खनाल,नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप सुनुवार,बालकृष्ण दाहाल लगायतले लोकतान्त्रीक पद्धतिमा चल्ने पार्टी भएकोले नवप्रवेशी सम्पुर्णलाई पार्टिको सदस्यता सहित स्वागत गरि खुसी ब्यक्त गर्दै सम्पुर्णमा लोकतान्त्रीक शक्ति एक भइ आउँदो निर्वाचनमा ओखलढुंगालाई कांग्रेसको किल्ला बनाउन आह्वान गरेका छन।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE