कपिलवस्तुमा माओवादी नेतामाथि गोली प्रहार
६ जेठ, बुटवल – नेकपा माओबादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ। बुधबार राति पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ।
तौलिहवा–जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक हरिशचन्द्र खनालले बताए।
पाण्डे तौलिहवाका बासिन्दा हुन्। घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ।
पाण्डेको शरीरबाट एउटा गोली निकालिएको र अर्को निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए। गोली किन र कसले हान्यो अझै खुल्न सकेको छैन।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE