Date
शुक्र, अशोज १, २०७८
Fri, September 17, 2021

मदन पुरस्कारका लागि उत्कृष्ट ९ पुस्तक छनोट

मदन पुरस्कारका लागि उत्कृष्ट ९ पुस्तक छनोट

१५ साउन, काठमाडौं– मदन पुरस्कार २०७७ को प्रारम्भिक उत्कृष्ट सूची छनोट गरिएको छ । छनोट सूचीमा ९ पुस्तक परेका छन् ।

शुक्रबार मदन पुरस्कार गुठीले ९ पुस्तकको सूची सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको सूचीमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह उत्कृष्ट ९ मा पर्न सफल भएका छन् ।

छनोट भएका पुस्तकमध्ये एक पुस्तकलाई मदन पुरस्कार दिइनेछ । पुस्तक छनोट प्रयोजनका लागि गुठीलाई कुल २२२ पुस्तकहरु प्राप्त भएका थिए । तीमध्ये १० पुस्तकको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको थियो ।

२०७६ सालको मदन पुरस्कार ‘महारानी’ उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई प्रदान गरेको थियो ।

मदन पुरस्कार गुठीले २०१३ सालदेखि मदन पुरस्कार र २०४५ सालदेखि जगदम्बाश्री सम्मान दिंदै आएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE