Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

डा. रंगीनाको नेतृत्वमा ब्लू क्रसले गर्यो बिना चिरफार ४ किलोको सिष्टको सफल शल्यक्रिया

१० मंसिर
काठमाडौँ – ब्लू क्रस हस्पिटलले बिना चिरफार करिब ४ किलो शिष्टको सफल शल्यक्रिया गरेको छ । हस्पिटलले दुरबिनको सहायताबाट गरिने ल्यापरोस्कोपिक मार्फत एक महिलाको ४ किलो तौल बराबरको डिर्मोइड शिष्टको सफल शल्यक्रिया गरेको हो ।

डा. रंगीना लाईकमबम, बरिष्ठ स्त्री रोग बिशेषज्ञको नेतृत्वमा सो शल्यक्रिया सफल गरिएको अस्पतालले जनाएको छ । (जसले बिश्व प्रशिद्ध केल युनिभरसिटी, जर्मनीबाट आफ्नो बिशेषज्ञता हासिल गर्नुभई बिरामीहरु सेवामा लागिरहनु भएकी उहाँले हस्पिटलमा नै पहिलो पटक यो प्रविधिकबाट उपचार गराउनु भएको हो ।

यस शल्यक्रिया स्वास्थ्य जगतमा एउटा उदाहरणको रुपमा प्रस्तुत रहेको अस्पतालको दाबी रहेको छ । । करिब ९ महिनाको गर्भमा रहेको बच्चामा हुने तौल बराबरको उक्त शिष्टलाई कुनै चिरफार बिना नै उक्त ल्यापरोस्कोपिक प्रबिधिबाट शल्यक्रिया भई एकै दिनमा बिरामी आफ्नो दैनिकीमा फर्कन सक्ने अवस्था सृजना भएको ब्लू क्रस हस्पिटलको भनाई छ

WRITE COMMENTS FOR THIS ARTICLE