Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

पर्यटन र स्थानिय उत्पादनमा जोड दिउँ : उपराष्ट्रपति पुन

सीताराम थापा
बागलुङ-उपराष्ट्रपति नन्दकिशोर पुनले जैमिनीलाई एक पर्यटकिय क्षेत्रका रुपमा विकस गर्न सकिने बताउनु भएको छ । बागलुङको जैमिनीमा मंगलबार आयोजना गरिएको जैमिनीको प्रथम महोत्सव मुलसमारोहको समुद्घाटन गर्दै उपराष्ट्रपति पुनले जैमिनी ग्रामिण क्षेत्र भए पनि यहाँको स्थानिय उत्पादनमा जोड दिन सके यहाँको पर्यटन प्रबधन गर्न सकिने बतउनु भयो ।

करीडोरको बाटोले भारत र चिन संग जोड्ने संभावना रेकोले यहाको प्राकृतिक श्रोत र सांस्कृतिक विविधताको परिचालन गरी उत्पादन र पर्यटन दुबै संगै लैजानुपर्ने उहाँको सुझाब थियो ।

उहाँले आधुनिक मेसिनरी सामाग्रीले गुणात्मक विकासमा सघाउने भएकोले समृद्ध राष्ट्रको बिकासका निम्ति आवश्यक आधुनिक उपकरणहरुको परिचालन गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा संघीय सांसद डा सूर्य पाठकले समृद्ध नेपाल निर्माणको लागि सबै क्षेत्र लागिपर्नु पर्ने बताउनुभयो । बागलुङ बाट दक्षिण भेग जोड्ने सडक यातायात समयमै निर्माण गर्न नसकेकोमा दुख व्यक्त गर्दै छिटै काम सकाउन लागि पर्ने बताउनु भयो ।

संघीय सांसद बद्री पाण्डेले नेपाल बहु जाति र भाषा संस्कृतिको धनि देस  रहेकोले यसको पर्वर्धन गरिनु पर्ने बताउनुभयो ।

जैमिनि प्रदेश सांसद कृष्ण थापाले जैमिनी मेलाको इतिहाँस स्मरण गर्दै संस्कृति संरक्षणमा सबै लाग्न आग्रह गर्नु भयो । कार्यक्रममा जैमिनी नगरको कौडा, सोरठि, पञणचे बाजा लगायतका  झाँकीहरु पर्दर्शन भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE