गाउँपालिका अध्यक्ष जित्ने पहिलो महिला बनिन् अरुणादेवी
१ जेठ, काठमाडौँ– खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई विजयी भएकी छन् । उनले एमालेबाट निर्वाचित निवर्तमान अध्यक्ष शंकरबहादुर राईलाई पराजित गरेकी हुन ।
अरुणादेवीले २ हजार ८ सय ८१ मत ल्याउँदा एमालेका राईले २ हजार ५ सय ७५ मत ल्याए । हालसम्म निर्वाचित जनप्रतिनिधिमा अरुणादेवी गाउँपालिका प्रमुख जित्ने पहिलो महिलासमेत हुन् ।
यहाँ नेपाली कांग्रेस र माओवादीले तालमेल गरेका थिए । उपाध्यक्षमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका खेमबहादुर खड्का २ हजार ८ सय ५ ल्याएर निर्वाचित भएका छन् । उनीसँग एमालेकी विमला राईं २ हजार ४ सय ९५ मत ल्याएर पराजित भए।
२०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE