Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सर्वोच्चले प्रधानमन्त्रीलाई संविधानको शक्ति सम्झाइदियो : प्रवक्ता शर्मा

८ असार, काठमाडौँ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीले पछिल्लोपटक गरेको मन्त्रिपरिषद बिस्तारलाई खारेज गर्ने अन्तरिम आदेश दिएपछि नेपाली कांग्रेसले यो स्वभाविक भएको बताएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले राजनीतिक शक्तिको अहंकार देखाएकोमा सर्वोच्चले संविधानको शक्ति स्मरण गराइदिएको प्रतिक्रिया दिनुभएको छ ।

‘प्रधानमन्त्रीले राजनीतिक अहंकारको शक्ति देखाउनुभएको थियो। सर्वोच्चले संविधानको मर्यादित शक्ति उहाँलाई स्मरण गराएको छ,’ उहाँले भन्नुभयो।

 

WRITE COMMENTS FOR THIS ARTICLE