Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

उपत्यकाको निषेधाज्ञाः जोर–बिजोर प्रणाली हट्यो, परीक्षा सञ्चालनको बाटो खुल्यो

उपत्यकाको निषेधाज्ञाः जोर–बिजोर प्रणाली हट्यो, परीक्षा सञ्चालनको बाटो खुल्यो

२० असार, काठमाडौं– उपत्यकाको जारी निषेधाज्ञा असार २२ देखि लागू हुनेगरी असार मसान्तसम्मका लागि थप गरिएको छ ।

हाल उपत्यकामा कायम रहेको निषेधाज्ञा असार २१ गते मध्यरातिदेखि सकिँदैछ ।

थपिएको निषेधाज्ञामा पहिलेभन्दा केही क्षेत्रलाई खुकुलो बनाइएको छ ।

उपत्यकाका तीन जिल्ला सीडीओहरुको बैठकले थपिएको निषेधाज्ञामा सार्वजनिक सवारीसाधनमा लगाइँदै आएको जोर–बिजोर प्रणली हटाइएको छ ।

यस्तै ‘अब सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पनि तेर्सो सिटमा ४÷४ जना राखेर सञ्चालन गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । यद्यपि टेम्पो र नीलो माइक्रोको हकमा मध्य भागमा दुईतर्फी यात्रुहरुलाई छेक्ने गरि प्लास्टिकको छेकबार लगाउनुपने र अन्य सवारीसाधनले पालना गर्दै आएका सम्पूर्ण नियम पनि पालना गर्नुपर्ने उनले बताए ।

यस्तै माइक्रो र अन्य सार्वजनिक सवारी साधनको हकमा पुरानै व्यवस्था कायम गरिएको भएता पनि जोर–बिजोर प्रणाली भने हटाइएको पराजुलीले बताए ।

उनले भने, ‘सभा, सम्मेलन तथा गोष्ठी भौतिक उपस्थितिमा गर्नुपर्ने भएमा २५ जनाभन्दा बढी भेला नभई गर्न पाइने व्यवस्था गरिएको छ । यस्तै परीक्षाको हकमा परीक्षास्थल तथा कोठाको आधारमा २५ जना भन्दा बढी राख्न नपाइन व्यवस्था गरिएको छ । परीक्षाको हकमा सो भन्दा बढी मानिस एकैदिन जम्मा गर्नुपर्ने भएमा सिफ्टअनुसार एउटा सिफ्ट सबै व्यक्ति गइसकेपछि मात्र अर्कोको गराउनुपर्ने तथा मास्क र सेनिटाइजरको प्रयोग गर्नुपन व्यवस्था गरिएको छ ।’

अन्य क्षेत्रमा भने थपिएको निषेधाज्ञापनि पुरानै व्यवस्था कायम गरिएको उनले बताए ।

उपत्यकामा लम्ब्याइएको निषेधाज्ञा असार २२ गतेदेखि असार मसान्तसम्म लागू हुनेछ ।

यस्तो छ उपत्यकामा असार २२ देखि लागू हुने निषेधाज्ञाको पूर्णपाठः

WRITE COMMENTS FOR THIS ARTICLE