नेपालसँगको सम्बन्धलाई थप सुधामय बनाउन चाहन्छौं : पाकिस्तानी प्रधानमन्त्री खान
६ आश्विन काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपालसँगको सम्बन्धलाई अझ सुदृढ गर्न चाहेको बताउनुभएको छ । दुई पक्षीय सम्बन्धलाई थप प्रवद्र्धन गर्न पाकिस्तानले नेपालसँग सधैं मिलेर काम गर्न चाहेको उनले बताउनुभएको हो ।
बुधबार पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री खानले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली जनतालाई बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।
इस्लामावादस्थित नेपाली राजदूतावासका अनुसार भेटमा अन्य दुई पक्षीय विषयमा पनि कुराकानी भएको थियो । राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीचको सम्बन्ध जहिले पनि सौहाद्र्धपूर्ण रहेको उल्लेख गर्दै नेपालले दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ गर्न चाहेको बताउनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE