Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

साफ च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा

१० आश्विन,काठमाडौं – माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आइतबार किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको हो ।

नेपाली टोली साफ च्याम्पियनसिपको तयारीको लागि हाल कतारमा रहेको छ । कतारमा रहेको टोलीबाट गोलरक्षक विकेश कुथु र राजन गुरुङ दुवै बाहिरिनुभएको छ । नेपालले अक्टोबर १ मा आयोजक तथा साविक विजेता मल्दिभ्ससँग खेल्दै साफ च्याम्पियनसिपको शुरुवात गर्दैछ ।

नेपाल हालसम्म साफ च्याम्पियनसिपको फाइनल पुग्न सकेको छैन । त्यसैले नेपाल यसपटक पहिलोपटक फाइनल खेल्दै उपाधि उचाल्ने लक्ष्यमा रहेको छ । साफको अन्तिम तयारीमा रहेको नेपालले आज बलियो ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । दोहास्थित कतार विश्वविद्यालय फूटबल मैदानमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे शुरु हुनेछ ।

नेपाली टोली : – किरण कुमार लिम्बू (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुरज जेउ ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा, रोहित चन्द

WRITE COMMENTS FOR THIS ARTICLE