प्रचण्ड-नेपालको गोयवल्स शैलीको षडयन्त्र सफल हुदैन : रामबहादुर थापा
८ फागुन
विराटनगर गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले केही मन्त्रीहरु आफूहरुसँग फर्किन लागेको भन्ने अभिव्यक्ति उनीहरुको आतंकित र भयभित मानसिकताको उपज भएको बताएका छन् ।
नेकपा प्रदेश १ कमिटीले शनिवार मोरङको विराटनगरमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै मन्त्री थापाले प्रचण्ड नेपाल समूहले गोयवल्स शैलीमा भ्रम फैलाएको आरोप लगाएका हुन् ।
‘काठमाडौंमा नयाँ भ्रम फैलाउने प्रयत्न गरे, केही मन्त्रीहरु फेरि फर्केर प्रचण्ड नेपालको समूहतर्फ फर्किदै छन भन्ने भ्रम फाले । देशव्यापी रुपमा किन यस्तो गर्दैछन् रु आतंकको अभिव्यक्ति, भयको अभिव्यक्ति हो’ मन्त्री थापाले भने ।
मन्त्री थापाले गोयवल्स शैलीको षडयन्त्र पूरा नहुने दावी गरे ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE