प्रतिनिधिसभा विघटनविरुद्ध शहीद, बेपत्तायोद्धा परिवार वागमतीद्वारा विरोध प्रदर्शन
२६ माघ
काठमाडौँ प्रतिनिधिसभा विघटनविरुद्ध शहीद, बेपत्तायोद्धा परिवार वागमती प्रदेशले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । सोमबार बबरमहलबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । शहीदको रगतले लेखिएको संविधानको रक्षार्थ र प्रतिगामी कदमको भण्डाफोर गर्न आफूहरुले बृहत् ¥याली तथा प्रदर्शन गरेको उनीहरुले बताएका छन् ।
प्रदर्शनमा सहभागीहरुले ‘संसद पुनर्स्थापना हाम्रो माग प्रतिगामीहरू भागाभाग’, ‘सहिद बेपत्ता पारिएकाहरूको एउटै आवाज असंवैधानिक कदम मूर्दावाद’, ‘निरकुंश तानाशाह मुर्दावाद’ लगायत नारा लगाएका थिए । त्यस्तै उनीहरुले बेपत्ताहरुको अवस्था सार्वजनिक गर्नुपर्ने माग समेत राखेका छन् ।
संविधानमाथि हमला गरेर लोकतन्त्रको आधारलाई भत्काउने षडयन्त्र भएकाले आन्दोलनमार्फत लोकतन्त्रको उपलव्धीलाई जोगाइने प्रदर्शनकारीहरुले बताएका छन् । प्रदर्शनका क्रममा सहभागीले हातमा नेपालको संविधान बोकेका थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE