Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

काठमाडौं उपत्यकामा शुक्रबार १६ सय ३८ संक्रमित थपिए

१५ असोज
काठमाडौं –
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ३८ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ३८ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ हजार २ सय ८० जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय ६२ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय ९६ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या २६ हजार ६ सय १३ पुगेको छ । यसमध्ये काठमाडौमा २१ हजार ८६, ललितपुरमा २ हजार ४ सय ७६ जना र भक्तपुरमा २ हजार ३ सय ८४ जना संक्रमित छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE