Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

संसद् बैठक फागुन १८ सम्म स्थगित

१५ फागुन, काठमाडौँ – प्रतिनिधि सभाको बैठक फागुन १८ गतेसम्म स्थगित भएको छ। एमसीसी सम्झौता अनुमोदन भएसँगै सभामुख अग्नि सापकोटाले बैठक फागुन १८ गतेसम्म स्थगित गरेका हुन् ।

आइतबार दुईवटा बैठक बसेको थियो । दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE