रुकुम पश्चिममा वैशाख १९ देखि ३१ गतेसम्म निषेधाज्ञा
१७ बैशाख, काठमाडौँ – यही वैशाख १९ गते आइतवारदेखि लागू हुने गरी रुकुम पश्चिममा निषेधाज्ञा लगाइने भएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको नयाँ ‘भेरिएन्ट’ सहितको सङ्क्रमण दर तीव्र गतिमा बढेकाले निषेधाज्ञा लगाउनुपरेको केन्द्रले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले सङ्क्रमण दर बढ्न सक्ने हुँदा सङ्क्रमण फैलावटको साङ्लो तोड्न एवम् सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारको आवश्यक व्यवस्थापन गर्न निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।
निषेधाज्ञा वैशाख १९ गते आइतबार बिहान ६ बजेदेखि वैशाख ३१ गते शुक्रवार राति १२ बजेसम्म लागू हुनेछ । यस अवधिमा अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारीसाधन बाहेक अन्य सबै प्रकारका सेवा र हिँडडुलमा समेत निषेध गरिएको प्रशासनले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE