Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सुनको भाउ मगंलबार पनि घट्यो

१८ फागुन
काठमाण्डौ –
सुनको भाउ मगंलबार एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले घटेको छ ।

सोमबार तोलाको ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज एक हजार सात सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै मगंलबारको लागि तेजाबी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ तोकिएको छ । सुनसँगै चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लागि रहेकाले नेपालमा पनि अझै घट्न सक्ने अनुमान छ ।

WRITE COMMENTS FOR THIS ARTICLE