बैंकिङ कसुर र चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर र चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
२७ जेठ, काठमाडौं– बैंकिङ कसूर मुद्दाका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मुद्दाका फरार प्रतिवादी भद्रपुर नगरपालिका–७ बस्ने ३२ वर्षीय सुदिप भट्टराईलाई मंगलबार पक्राउ गरेको हो।
उनलाई उच्च अदालत पाटनको २०७६ माघ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद, २ लाख ७५ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा २२ हजार रूपैयाँ जम्मा गर्नुपर्ने फैसला गरेपछि उनी फरार रहेका थिए ।
यसैगरी चोरी मुद्दाका फरार अर्का प्रतिवादी झापा भद्रपुर नगरपालिका(१ बस्ने ३८ वर्षीय मदन सुब्बा योङहाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सुब्बा पुनरावेदन अदालत ईलामको २०७३ वैशाख ७ गतेको फैसलाले १ महिना १५ दिन कैद र ४७ हजार २ सय ८५ रुपैयाँ १० पैसा जरिवाना ठहर भई फरार रहेका थिए ।
दुवै जनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE