प्रिमियर लिग म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै
१० फगुन
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै रहेको छ।
आइतबार राति भएको खेलमा गोसिटीले आर्सनल माथि १-० अन्तरको जित निकालेको हो। आर्सनलको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरेक थियो ।
इमिरेट्स स्टेडियममा खेलको दोस्रो मिनेटमै स्ट्रर्लिङले निर्णायक गोल गरेका थिए। यस जितसँगै सिटीले सबै खाले प्रतियोगिता गरी लगातार ११ अवे खेलमा जित निकालेको छ। सिटीले सन् २०१७ मा आफैले बनाएको लगातार ११ अवे जितको कीर्तिमानमा बराबरी समेत गरेको छ।
आर्सनलविरुद्धको जितसँगै सिटीले लिगमा १० अंकको अग्रता बनाएको छ। सिटीले २५ खेलमा ५९ अंक जोडेको छ। आर्सनल भने लिगको दशौँ स्थानमा रहेको छ।
आर्सनलले २५ खेलमा ३४ अंक जोडेको छ।
यस्तै गएराति नै भएको खेलमा म्यान्चेष्टर युनाईटेडले न्यूक्यासललाई ३-१ले हराउँदै दोस्रो स्थानमा छ। उसको २५ खेलबाट ४९ अंक छ। अर्को खेलमा लेष्टर सिटीले एस्टन भिल्लालाई २-१ गोल अन्तरले हराएको छ। जितसँगै लेष्टर लिगको तेस्रो स्थानमा रहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE