Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

२३ असार, काठमाडौं– खुकुरी प्रहार गरी हत्या गरेका अभियोगमा इलामबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाम नगरपालिका–१२ साङरुम्बा पिप्ले भञ्ज्याङ बस्ने ५८ वर्षीय धन बहादुर राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय यम बहादुर सावालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सावाले रिसिबीको कारण धारिलो हतियार खुकुरी पेटमा प्रहार गरी राईको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा बुझिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरीले उनले प्रयोग गरेको खुकुरी सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE