Date
शनि, फाल्गुन २२, २०७७
Sat, March 6, 2021

तीन हजार डलर पुरस्कार राशि ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन’ को पहिलो सिजन सुरु

२१ माघ
काठमाडौं –
विश्वभर छरिएर रहेका नेपाली भाषा बोल्न जान्ने व्यक्ति जो चुट्किला सुनाएर अरुको मुहारमा हाँसो ल्याउन सक्नेहरुका लागि ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन–२०२१’ सिजन–१ को सुरुवात भएको छ ।

रिदम स्क्रिनको प्रस्तुतिमा भइरहेको यस कार्यक्रमको आयोजना अमेरिकामा बसेर नेपाली साहित्य, संगीत र कलामा क्रियाशील संगीतकर्मीहरुले गरेका हुन् ।

यस कार्यक्रममा सहभागी हुन प्रतियोगीहरुले रमाइलो जोक्स कम्पिटिशन नामक वेवसाइटमा गएर निशुल्क फारम भर्न सक्नेछन् । साथै रिदम स्क्रिनको आधिकारिक फेसबुक पेज वा ईन्स्टग्राममार्फत पनि सहभागिता जनाउन सक्नेछन् ।

यस कार्यक्रमको निर्णायकहरुमा कलाकार बुद्धि तामाङ, हाँस्यकलाकार दिलिप गुरुङ र कलाकार भानु तिवारी रहेका छन् । यस कार्यक्रममा पहिलो हुने विजेताले तीन हजार डलर, दोस्रो हुनेले दुई हजार डलर र तेस्रो हुनेले एक हजार डलरसहित ट्रफी र प्रमाण–पत्र पुरुस्कार स्वरूप पाउने छन् ।

जसको जनवरी ८ देखि फेब्रुअरी २८ सम्म प्रतियोगीहरुले आवेदन दिनसक्ने छन् । विश्वभर छरिएर रहेका प्रतिभावान कलाकारहरुलाई प्रोत्सहान गर्न यो कार्यक्रमको आयोजना गरिएको यस कार्यक्रमका उत्पादक तथा निर्देशक कमल राईले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE