Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

कतारी दूतावासद्वारा चन्द्रागिरीमा खाना महोत्सवको आयोजना

१६ असोज, काठमाडौं –दोहामा हुने विश्वकप फुटबलको उल्टोगणना ९काउन्टडाउन० सुरु भएको खुशियालीमा कतार दूतावासले काठमाडौंको चन्द्रागिरीमा खाना महोत्सवको गरेको छ।

शुक्रबार भएको उक्त फेस्टिभलमा कूटनीतिज्ञहरु सहभागी रहेको कतारी दूतावासले जनाएको छ। चन्द्रागिरीमा आयोजित फेस्टिभलमा कतारी दूतावासले केबुलकारमार्फत खाना ओसारेर अरबी र अन्य विदेशी खानाको स्वाद पस्किएको हो।

अनौपचारिक कार्यक्रमका बीच राजदूतहरुले चन्द्रागिरीबाट देखिने दृश्यावलोकन गर्दै खानाको मजा लिए ।नेपालका लागि खाडी मुलुकका राजदूतसहित पूर्वनेपाली राजदूतहरु फेस्टिभलमा सहभागि थिए।

चन्द्रागिरी हिल्स र कतारी दूतावासको आयोजनामा फुड फेस्टिभल आयोजना गरिएको हो ।कतारी राजदूत युसुफ बिन मोहम्मद, उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल लगायतले अतिथिलाई स्वागत सत्कार गरेका थिए।

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE