Date
शनि, फाल्गुन २२, २०७७
Sat, March 6, 2021

कक्षा १२ को परीक्षाफल यसैसाता प्रकाशित हुने

२ माघ
काठमाडौं –
कक्षा १२ को परीक्षाको नतिजा माघ १० गते भित्रै सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अबको एक साता भित्रै परीक्षाफल प्रकाशित गर्नेगरी तयारी थालिएको जनाएको छ ।

अहिले परीक्षार्थीको डाटा रुजु गर्ने काम पनि अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ । कोरोना भाइरस महामारी फैलिएपछि बैशाखमा हुनु पर्ने परीक्षा गत मंसिरमा मात्रै लिइएको थियो ।

पुष महिनामै आउने भनिएको परीक्षाफल अहिलेसम्म प्रकाशित भएको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE